काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङलाई अर्को कार्यकालका लागि पुनः नियुक्त गरेको छ।
उनको हालको चार वर्षे कार्यकाल असोज ७ गते सकिनेछ भने असोज ८ गतेदेखि लागू हुने गरी पुनः चार वर्षका लागि जिम्मेवारी दिइएको बैंकले जनाएको छ।
सञ्चालक समितिको आइतबारको बैठकले उनको कार्यकाल निरन्तरता दिने निर्णय गरेको हो। नियमअनुसार एउटै बैंकमा एक सीईओले अधिकतम आठ वर्षसम्म नेतृत्व गर्न पाउँछन्।
प्रतिक्रिया