Logo

मुख्य समाचार

१० वर्ष एमालेको एकल सरकार भए गरिबी उन्मूलन हुने : प्रधानमन्त्री ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षसम्म एमालेको एकल सरकार बने नेपालबाट गरिबी उन्मूलन हुने दाबी गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानमार्फत नेपाली विशेषतासहितको समाजवादको थालनी भएको बताए । उनले “जनताको जबज” कानुन नभई सिद्धान्त भएकाले त्यसको मार्गदर्शनमा अघि बढ्दै समाजवादमा पुग्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सामाजिक न्यायसहितको सम्मानजनक जीवन सुनिश्चित भए मात्र “सुखी नेपाली, समृद्ध नेपाल” को लक्ष्य पूरा हुने उल्लेख गरे । साथै, उनले प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जनतासँग सम्बन्ध बढाउन आग्रह गर्दै स्वार्थ समूहसँग एकता नगर्न चेतावनी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : २१ बजे