काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउन आग्रह गरेको छ। आइतबार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा सूचीकरणमा नआएका कारण सामाजिक सञ्जाल निष्क्रिय गरिएको उल्लेख छ।
मन्त्रालयले “सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०” अनुसार सात दिनको म्याद दिई सूचीकरणका लागि आह्वान गरेको थियो। तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाललाई निष्क्रिय गरिएको मन्त्रालयले जनाएको छ। हालसम्म ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी’ मात्र सूचीकरणमा आएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ ले भने सूचीकरणका लागि विवरण माग गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो कदम सामाजिक सञ्जाल निषेध वा नियन्त्रण गर्न नभई मर्यादित र जवाफदेही प्रयोग सुनिश्चित गर्न स्वनियमनका लागि उठाइएको हो।










प्रतिक्रिया