काठमाडौं । उप–प्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामती सेवाले त्यस अुनरुप आफूलाई समायोजन र परिस्कृत गर्नु अपरिहार्य रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित निजामती सेवा दिवस २०८२ मूल समारोह कार्यक्रममा बोल्दै उनले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामती कर्मचारी अझ प्रतिबद्ध हुन आवश्यक रहेको बताए ।
उनले भने,‘नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामती सेवाले त्यसअुनरुप आफूलाई समायोजन, अनुकुलन र परिस्कृत गर्नु अपरिहार्य छ । सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परणाममुखी सेवा प्रवाह गर्न कर्मचारी अझ प्रतिबद्ध हुनुपर्छ ।’
त्यस्तै उनले शासन व्यवस्थाको मेरुदण्डको रुपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अंग भएको धारणा राखे । विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवा कै काँधमा रहेको उनको भनाई छ ।
‘शासन व्यवस्थाको मेरुदण्डको रुपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अंग हो । विकास सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवा कै काँधमा रहेको छ ।’ उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।
प्रतिक्रिया