Logo

Breaking News 1

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डका उत्कृष्ट वर्ष खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक



काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डका उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै २२ औँ संस्करणको अवार्डका लागि विभिन्न विद्यामा उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।

एनएसजेएफले स्पोट्र्स अवार्डका लागि उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गर्दै चारवटै विधामा उत्कृष्ट ५÷५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

उत्कृष्ट बर्ष प्रशिक्षकको मनोनयनमा
१. दीपक महर्जन (मठ) –बहराइनमा सम्पन्न आइएसएफ जिम्न्याजियममा दुई स्वर्ण र दुई कांस्य जित्दाका प्रशिक्षक
–भुटानमा भएको फोर नेसन्स बक्सिङ च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्ण, ३ रजत र २ कास्य पदक दिलाउन सफल
२. कविराज नेगी लामा (पारा तेक्वान्दो) –पलेशा गोवर्धनले पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कास्य दिलाउँदाका प्रशिक्षक
–नेगीकै प्रशिक्षणमा भरत सिंह महता पेरिस २०२४ पारालिम्पिक गेम्समा सहभागी हुन सफल ।
३. लक्ष्मी नारायण वैद्य (खोखो) –भारतमा सम्पन्न विश्वकप खो खो प्रतियोगितामा महिला टोलीले रजत पदक जित्दाका प्रशिक्षक –नेपाली खो खो को प्रमुख प्रशिक्षक बन्दै लामो समय खेलाडी उत्पादनमा सक्रिय ।
४ महेश रिजाल (क्रिकेट) –नेपाली महिला यु–१९ टोलीलाई इतिहासमै पहिलोपल्ट यु १९ विश्वकप पुयाउन सफल प्रशिक्षक ।
–यु–१९ विश्वकप एसिया छनोटमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपाल छनोटको शीर्ष स्थानमा रहन सफल
–यु–१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई ६ विकेटले पराजित गर्दाका प्रशिक्षक ।
५. कुशल श्रेष्ठ (कराते), चीनमा सम्पन्न २०औं एसियन सिनियर कराते च्याम्पियनसिपमा एरिका गुरुङले रजत जित्दाका प्रशिक्षक
– डब्लुकेएफ कराते वान युथ लिगमा एक रजत
–आठौं दक्षिण एसियाली क्याडेट, जुनियर, यु–२१ तथा सिनियर कराते च्याम्पियनसिप ३१ स्वर्ण, २० रजत र ११ कांस्य दिलाउन सफल प्रशिक्षक
–युएस ओपन कराते च्याम्पियनसिपमाएक स्वर्ण र रजत तथा अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा एक स्वर्ण चार कांस्य सिंगापुरमा भएको १६औं एशियन सितोरियो कराते च्याम्पियनसिपमा दुई स्वर्ण र १ रजत जिताउँदाका प्रशिक्षक
उत्कृष्ट युवा वर्ष खेलाडीको मनोनयनमा
१. अजय बिक–चौथो दक्षिण एसियाली जुयिनर एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जित्ने खेलाडी
–भारतको चेन्नईमा भएको ३ हजार मिटर दौडमा उनले ९ मिनेट ०८.९१ सेकेन्डमा दौड पूरा गर्न सफल ।
–पाकिस्तानमा सम्पन्न साफ क्रस कन्ट्री च्याम्पियनसिपको टिम इभेन्टमा कांस्य
२. अब्जली महर्जन भुटानमा भएको दक्षिण एसिया यु–२१ कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल खेलाडी
– सिंगापुरमा भएको १६औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपको ५० केजी तौल समुहमा स्वर्ण
–५६औं यु १८ राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण
३. पूजा महतो (क्रिकेट)–नेपाली यु १९ महिला टोलीलाई इतिहासमा पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टोलीकी कप्तान –छनोट खेलमा २७२ बनाई सर्वाधिक रनकर्ता तथा १० विकेट लिन सफल
–कुवेत विरुद्ध अविजित १३० रनको शतकीय पारी ।
– एसिसी महिला यु–१९ एसिया कप २०२४ मा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इतिहास रच्ने कप्तान ।
४. स्वस्तिका तिरुवा (बक्सिङ)–बहराइनमा सम्पन्न आइएसएफ जिम्नासाइडमा बक्सिङतर्फ स्वर्ण विजेता
–नेपालका लागि दोस्रो अन्तर्राष्ट्रिय सहभागितामा नै पहिलो स्वर्ण पदक
–प्रकाश दाहाल स्मृति बक्सिङमा रजत र जुनियर च्याम्पियनसिपमा स्वर्ण
५. समीर तामाङ (फुटबल)–ताइपेईमा भएको एएफसी यु–२० च्याम्पियनसिपमा चाइनिज ताइपेईविरुद्ध ह्याट्रिक गर्ने खेलाडी
उत्कृष्ट बर्ष महिला खेलाडीतर्फ
१. एरिका गुरुङ (कराते) – भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण पदक
–अस्ट्रेलियन ओपन २०२४ मा स्वर्ण पदक
चीनमा भएको एकेएफ २०औं सिनियर कराते च्याम्पियनसिपमा रजत पदक,
सिंगापुरमा सम्पन्न १६औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण पदक
दुबईमा भएको विश्व कराते वन युथ लिगमा रजत पदक
२. मानमती धामी (खो खो) –महिला खो खो विश्वकपमा उपविजेता बन्दाका टोलीका मुख्य खेलाडी ।
–चार वटा खेलमा प्लेअर अफ दी म्याच बन्ने क्रममा फाइनलमा बेस्ट डिफेन्डर। सेमिफाइनलमा बेस्ट अट्याकर ।
–आर्मी च्याम्पियन भएको उपाध्यक्ष खो खो महिला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन ।
३ एलिसा रास्कोटी मगर (कराते) –भुटानमा भएको आठौ दक्षिण एसियाली कराते अन्तर्गत टिम र एकलमा स्वर्ण पदक
–सिंगापुरमा सम्पन्न १६औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा एकल कातामा कांस्य र टिम कातामा रजत ५६औं राष्ट्रिय कराते च्याम्पियनसिपमा एकल र टिममा स्वर्ण कृष्ण प्रसाद भट्टराई स्मृति कराते च्याम्पियनसिपको टिम कातामा स्वर्ण
४. सलिना श्रेष्ठ (भलिबल) –काभा नेसन्स महिला लिगमा नेपाल उपविजेता हुँदा उत्कृष्ट लिबेरो
–लिगमा भारतलाई पहिलोपल्ट हराउन सफल टोलीकी सदस्य
–टाइगर कपमा उत्कृष्ट लिवेगे ।
–फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सलाई फाइनलसम्म पुरÞ्याउँदाका कप्तान ।
उत्कृष्ट वर्ष पुरुष खेलाडीतर्फ
१. विजय सिन्जाली (उसु)–जापानको योकोहमामा सम्पन्न तेस्रो घाउलो वल्र्ड कपमा कांस्य पदक जित्न सफल खेलाडी ।
साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा स्वर्ण पदक
–चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान
–विगतमा १३औं सागमा स्वर्ण र १२औं सागमा रजत जित्न सफल खेलाडी ।
२. दिपेन्द्र सिंह ऐरी (क्रिकेट)
–एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान बनाउन सफल । यस्तो कीर्तिमान बनाउने टी ट्वान्टी अन्तर्राष्ट्रियकै तेस्रो खेलाडी ।
वर्ष २०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल खेलाडी
अमेरिकामा सम्पन्न टी २० विश्वकपमा ६ विकेट लिदै सर्वाधिक विक्रेट लिने नेपाली बलर ।
टी २० विश्वकपमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध तीन विकेट र बंगलादेशविरुद्ध दुई विकेट
नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा सर्वोकृष्ट खेलाडी बन्दै कार जित्न सफल
प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लवलाई च्याम्पियन बनाउने क्रममा चार अर्धशतकसहित तीन सय ८ रन र सात विकेट लिन साकल ।
३. जनक चन्द (खो खो)–भारतमा भएको पुरुष खोखो विश्वकपमा नेपाल उपविजेता बन्दा टोलीका महत्त्वपूर्ण खेलाडी ।
–उक्त विश्वकपको दुई खेलमा प्लेअर अफ दी म्याच बन्न सफल उपकप्तान ।
–लिगको ब्राजिलसँगको खेलमा उत्कृष्ट खेलाडी। सेमिफाइनलमा इरानसँगको खेलमा पनि उत्कृष्ट खेलाडी ।
४. कुशल भुर्तेल (क्रिकेट) –वर्ष २०८१ मा अलराउन्ड प्रदर्शन गर्ने क्रममा ४८१ रन बनाउनुका साथै २० विकेट लिन सफल ।
–अमेरिकामा भएको टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सर्वाधिक १४२ रन बनाउने खेलाडी
–टी २० विश्वकप २०२४ मा टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध चार विकेट लिन सफल ।
हङकङ चारदेशीय शृंखलामा कतार र कुवेतसँगका खेलमा कुशल प्लेयर अफ द म्याच घोषित । प्रधानमन्त्री कपमा अर्धशतक सहित ३३५९ विकेट लिन सफल ।
–जय ट्रफीमा २ अर्धशतक सहित २०४ रन र १८ विकेट ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ७ : १७ बजे