Logo

खेलकुद

एभरेष्ट महिला भलिबल लिग : उद्घाटन खेलमा कर्णाली यशविसले विजयी


२० भाद्र २०८२, शुक्रबार  

0
Shares

पोखरा । दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा कर्णाली यशविसले विजयी हासिल गरेको छ । 

शुक्रबार पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा पोखरा निन्जाजलाई  पराजित गर्दै कर्णाली यशविसले पहिलो जित हासिल गरेको हो ।

कर्णालीले पहिलो सेटमा २५–२१ , दोस्रो सेटमा २५– २० र तेस्रो सेटमा २५–१४ ले पोखरालाई हराएको थियो ।

आजै भएको अर्को खेलमा ललितपुर क्विन्स र मधेस युनाईटेड खेलेका छन्।

भोली (शनिबार) पोखराले मधेस यूनाइटेडसँग खेल्दैँछ । कर्णाली यशविसले भने लुम्बिनी लाभाजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यहि भदौ २० देखि २८ गते सम्म पोखरामा हुने एभरेष्ट महिला भलिबल प्रतियोगिताको पूर्व सन्ध्यामा टिम धनराज  र टिम राजेशका बीच हुने मैत्रीपूर्ण खेलको शुभारम्भ हुने बताइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : २८ बजे