Logo

प्रदेश

संघीय लोकतान्त्रिक मोर्चाको जन जागरण अभियान जनकपुरधाममा सम्पन्न, एक जुट भएर अन्तिम हकको लडाई लड्नेमा जोड


२० भाद्र २०८२, शुक्रबार  

0
Shares

जनकपुर । संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनितिक अवस्था–जन जागरण अभियान जनकपुरधाममा सम्पन्न भएको छ ।

शुक्रबार जनकपुरधाममा मोर्चाले आयोजना गरेको वर्तमान राजनितिक अवस्था–जन जागरण अभियान कार्यक्रममा बोल्दै मोर्चामा आवद्ध तराई मेधश केन्द्रित ६ दलका नेताहरुले एक जुट भएर अन्तिम अधिकार प्राप्तिको लडाई लड्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको सासन र संविधानले सबै नेपालीको अधिकार समेटे मात्रै नेपाल सबै नेपालीको हुने बताए । उनले मधेश आन्दोलनको समयमा भएको ८ बुंदे र २२ बुंदे सम्झौतालाई कुनै वास्तै नगरी संविधान पास भएको बताए ।

कांग्रेस, एमाले र माओवादी मिलेर संविधान बनाए महतोले आरोप लगाए । मधेशवादी नेताहरु सडकमा आन्दोलन र विरोध गरिरहेको समय उनै तीन पार्टीले मिलेर संविधान पास गरेर दिपावली मनाएको महतोले जानकारी दिए । सम्पूर्ण मधेशी, आदिवासी, जनजाती, थारु मिलेर एक पटक अधिकारको लागि अन्तिम लगाई लड्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मोर्चामा आवद्ध पार्टीहरु अलग अलग भएपनि तराई मधेशका जनताहरुको हक अधिकारका लागि राजनिति गर्ने सम्पूर्ण पार्टीहरुको आवाज एक रहेको उल्लेख गरे । उनले लोकतन्त्रमा पार्टी टुट फुट हुनु सामान्य रहेको अध्यक्ष ठाकुरले बताए । सक्तामा रहेको पार्टीहरुले स्रोत साधनको प्रयोग गरी जनताको आवश्क्ता पूर्ती गुर्न पर्ने जनप्रतिनिधिहरुको कर्तव्य रहेको उनले बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चामा आवद्ध पार्टीहरुले एकलै केही गर्न नसक्ने बताए । उनले कुनै पनि सानो पार्टीले नआफ्नो लागि र न जनताको लागि केही गर्न सक्ने बताए । उनले सम्पूर्ण मधेश केन्द्रित साना पार्टीहरुलाई एक जुट भएर अधिकारको लडाई लड्नु पर्नेमा जोड दिए । भूमि विधेयकले मधेश र मधेशी जनतालाई तीतर वितर गर्ने मनसाय सरकारले राखेको अध्यक्ष यादवले जानकारी दिए ।

उनले भूमि विधेयक पास गरेर मधेश प्रदेशका वन जंगल, चुरे क्षेत्र र अन्य जग्गाहरुमा बस्ती बसाउने सरकारको योजना रहेको उनले बताए । अन्य भेगका नागरिकलाई मेधश प्रदेशमा स्थापित गरेर मधेशी एकता सखाप पार्ने सरकारको योजना रहेको अध्यक्ष यादवको भनाई थियो । उनले भुमि विधेयक कुनै हालतमा पास हुन नदिन आवाज उठाउन सम्पूर्ण नेपालीलाई आग्रह गरे ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : २२ बजे