Logo

Breaking News 1

नाडाको विशेष साधारणसभा हाललाई स्थगित


२० भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आगामी विशेष साधारण सभा हाललाई स्थगित गरिएको छ । बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि विशेष साधारण सभा यही भदौ २४ गते, मङ्गलबारका दिन ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’ मा आयोजना गर्ने तय गरिएको थियो । तर, अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा सारिएको नाडाले जनाएको छ ।

नाडाले उपयुक्त समयमा विशेष साधारण सभाको नयाँ मिति र स्थानबारे पुनः जानकारी गराउने जनाएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल देशभरका अटोमोबाइल व्यवसायीहरूको छाता संस्था हो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ५० बजे