काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिबद्धताअनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ । यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु ।’
सरकारको निर्णयका कारण कैयौँ नेपालीको रोजिरोटी खोसिने भन्दै उनले उक्त कदम तरुन्त सच्याउन माग गरेका छन् ।
प्रतिक्रिया