काठमाडौं — काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रणका लागि उपत्यका प्रहरी कार्यालयले नयाँ अभियान सुरु गरेको छ।
अभियानअन्तर्गत प्रहरीले बिहान ५ देखि ७ बजेसम्म अनावश्यक रूपमा ठुलो आवाजमा कुराकानी नगर्न र मोटरसाइकल तथा अन्य सवारी साधनको हर्न नियन्त्रण गर्न सबैसँग आग्रह गरेको छ।
प्रहरीका अनुसार ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ र गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकामा शैक्षिक, मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्दछ। यसले सर्वसाधारणको सामाजिक, आर्थिक गतिविधि तथा सामाजिक सम्बन्धमा पनि नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ।
उपत्यका प्रहरीले बिहीबार सूचना जारी गर्दै अभियानको थालनी गरेको जानकारी दिएको छ।

प्रतिक्रिया