काठमाडौं। एभरेष्ट बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले लाभांश पाउनेछन्। हाल बैंकको चुक्तापुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ रहेको छ।
१९ भाद्र २०८२, बिहिबार
23
Shares
प्रतिक्रिया