Logo

मुख्य समाचार

सूचीकरणबारे मेटाको चासो, सरकारले औपचारिकता नपुगेको बतायो



काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले नेपाल सरकारसँग सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाले मन्त्रालयलाई इमेल पठाएर सूचीकरणमा चासो देखाएको हो।

सरकारले बिहीबार सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै मेटाले सम्पर्क गरेको भए पनि मन्त्रालयले इमेललाई औपचारिक प्रक्रिया नठानेको प्रवक्ता ठाकुरले जानकारी दिए।

उनका अनुसार मेटालाई मन्त्रालयले इमेलमै आवश्यक कागजातहरूको विवरण पठाइसकेको छ। “मेटाको केन्द्रीय कार्यालयको आधिकारिक कागजात र नेपालको कर कार्यालयमा दर्ता प्रमाणपत्रसहित विवरण आए सूचीकरण हुनेछ, नभए निष्क्रिय गरिन्छ,” ठाकुरले भने।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ७ : ०४ बजे