Logo

मुख्य समाचार

भाषा व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्‍ने महत्वपूर्ण माध्यम हो : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्‍ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुभाषिक मुलुक भएको उल्लेख गर्दै भाषा आयोगले नेपालका भाषाको अध्ययन, अनुसन्धान र अन्वेषण गरी भाषाको संरक्षणमा पु¥याएको योगदानको लागि भाषा आयोगको प्रशंसा गरे ।

सो क्रममा उनले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्‍न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको स्पष्ट पारे  । 

सो क्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ८ : ०१ बजे