Logo

मुख्य समाचार

संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन् ।

बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हँुदैछ ।

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि कांग्रेसले उनलाई सुनुवाइ समितिमा सभापति बनाउने निर्णय गरेको थियो ।

यसअघि कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि उक्त पद रिक्त रहेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ४ : २९ बजे