काठमाडौं । सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको २६ औं स्थापना दिवसको आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए ।
उनले भने, ‘एउटा साँचो कुरा के हो भने देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको राजनीति नै हो । राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्न सक्छ । अन्वेशण गर्न सकिन्छ र त्यसलाई प्रयोग गरेर अगाडि बढ्न सक्छ । तर राजनीति ठिक खालको हुन सकेन भने सबै क्षेत्रलाई त्यसले प्रभाव पार्छ । जुन कुरा हामीले पनि भोगेर आएका छौ ।’
यस्तै, उनले संसदले कामहरु कसरी गरिरहेको छ, कसरी गर्नुपर्छ र राजनीतिलाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने खालको जिम्मेवारी यो मञ्चले सम्हालेको भन्दै आगामी दिनमा पनि यसरी जान आग्रह गरेका छन् ।
उनले भने, ‘यो राजनीति क्षेत्रले अहिले भइरहेको नेपालको संविधान, संविधानले राखेका राज्य र त्यसले गरेका कामहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा सरकार, कानून निर्माण गर्ने संसद र सरकार सञ्चालन गर्नेले कामहरु कसरी गरिरहेको छन्, कसरी गर्नुपर्छ र राजनीतिलाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने खालको जिम्मेवारी तपाइँहरुले सम्हाल्नु भएको छ र आगामी दिनमा पनि यसरी जान आग्रह गर्न चाहन्छु ।’
पूर्व सांसदहरुलाई कुनै न कुनै खालको औषधी उपचारको सानो व्यवस्था राज्यको तर्फबाट कसरी गर्न सकिन्छ यसमा वर्तमान सरकार, मन्त्री र प्रधानमन्त्रीहरुको ध्यान कसरी तान्ने भन्ने तर्फमा लागेको पनि उनको भनाई छ ।
सोही कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले एकपटक सांसद पद गएपछि उनीहरुलाई बिर्सिने होईन्, उनीहरुले देशलाई दिएको बलिदान याद राख्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हाम्रो लोकतन्त्रमा राम्रा कुरा हुन्छन् भनेर हामी भन्छौं । तर राम्रो कुरा भनेको व्यवहारमा लागू गर्न सकेका छौ । त्यसैले राम्रो गर्न खोज्नुपर्छ । एकपटक सांसद पद गएपछि विर्सिन मिल्दैन् । मैले पहिलादेखि यो कुरा उठाउने गरेको छु ।’
प्रतिक्रिया