Logo

मुख्य समाचार

त्रिभुवन विमानस्थलमा टावर समस्या, उडान प्रभावित



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टावरमा आएको प्राविधिक समस्याका कारण उडानमा अवरोध भएको छ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले टावरमा समस्या आएपछि केही उडानमा ढिलाइ भएको जानकारी दिए। उनका अनुसार पूर्ण रूपमा उडान बन्द नभई आंशिक अवरोध मात्र भएको हो।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि टावरमा समस्या आएकै कारण ढिलाइ भएको पुष्टि गरेका छन्। उनले “फुल फ्लेज” सेवा अवरुद्ध नभए पनि पूर्ण क्षमतामा उडान सञ्चालन गर्न नसकिएको बताए।

तर विमान कम्पनीका सञ्चालकहरूले भने बिहानैदेखि समस्या देखिएकाले आफ्ना सबै उडान अस्तव्यस्त भएको दाबी गरेका छन्।

हाल समस्या समाधानको चरणमा पुगेको र आधा घण्टादेखि उडान प्रभावित नभएको विमानस्थलले जनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  १२ : ५३ बजे