Logo

राजनीति

कांग्रेसले रामहरिलाई सुनुवाइ समिति सभापति बनाउन उम्मेदवार बनायो



काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापति पदमा सांसद रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शुक्रबार खतिवडाको उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए। राज्यव्यवस्था तथा सुशासन समिति सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० मा राजीनामा दिएपछि पद रिक्त बनेको थियो।

सुनुवाइ समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन आज दिउँसो २ देखि ४ बजेसम्म हुने कार्यक्रम छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ११ : ४५ बजे