काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको थियो । गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो ।
केही समयपछि पहिरो पन्छाएर राजमार्ग सुचारु गर्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन् ।
प्रतिक्रिया