Logo

Breaking News 1

एएफसी यू–२३ एसियन कप छनोट : पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित



काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ ।

बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक–एक गोल गरेका थिए ।

समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ७ : ५५ बजे