Logo

समाचार

मालपोत धुलिखेलका खरिदार दुई लाख घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार भण्डारीलाई कार्यालय परिसरमै पक्राउ गरिएको हो। उनको साथबाट मोबाइलसमेत बरामद गरिएको छ। भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : ४३ बजे