Logo

मुख्य समाचार

सरकारको तोकेको समयसीमाभित्र सामाजिक सञ्जाल दर्ता भएन



काठमाडौं – नेपाल सरकारले तोकेको समयसीमाभित्र कुनै पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा आएका छैनन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार बुधबार कार्यलय समयसम्म फेसबुककी मातृ कम्पनी मेटा सहित अन्य कुनै पनि सामाजिक सञ्जाल दर्ताका लागि आएका छैनन्।

“आजसम्मकै समयसीमा थियो। तर, सरकारले तोकेको अवधिभित्र दर्ता हुन आएका छैनन्,” प्रवक्ता ठाकुरले जानकारी दिए।

उनका अनुसार दर्ता नगरेका सामाजिक सञ्जालबारे अब सरकारले निर्णय गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : ०० बजे