काठमाडौं । नेपाली सेनाको उपरथी बढुवा भएका सहायक रथी भोला नाथ थापालाई प्रधान सेनापति अशोक राज सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार प्रधान सेनापति सिग्देलले जंगी अड्डामा आयोजित एक समारोहकाबीच थापालाइ दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।
प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरे । गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।
प्रतिक्रिया