काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई निष्कासन आजदेखि सुरु गरेको छ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। यसमध्ये कम्तीमा १ करोड ४० लाख इकाई (१४ प्रतिशत) कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि सुरक्षित गरिएको छ। त्यस्तै, न्यूनतम १० लाख इकाई (१ प्रतिशत) योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि छुट्याइएको छ।
सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
निष्कासन बन्द हुने मिति भदौ २२ तोकिएको छ। तर, सो अवधिभित्र सबै इकाई बिक्री नभएमा निष्कासन अवधि असोज १ गतेसम्म लम्बिन सक्नेछ।
प्रतिक्रिया