Logo

Breaking News 1

आज प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १० : ४१ बजे