काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । यही भदौ १९ गते (बिहीबार) एमालेको केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिनेछ ।
यस्तै, बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । गौतमलेका अनुसार तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिनेछ ।
एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदैछन्।
प्रतिक्रिया