Logo

Breaking News 1

चीनले विजय दिवसको अवसरमा टियानआनमेन स्क्वायरमा भव्य समारोह



काठमाडाैं । चीनले विजय दिवसको अवसरमा टियानआनमेन स्क्वायरमा भव्य समारोह काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवाद विरोधी युद्धको विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले टियानआनमेन स्क्वायरमा भव्य समारोह आयोजना गरेको छ ।

स्थानिय समय अनुसार बुधबार बिहान ९ः०० बजे भव्य समारोहमा सैन्य परेड देखाइएको छ । टियानआनमेन स्क्वायरमा जननायकहरूको स्मारक भव्य रूपमा उभिएको छ । सोही स्क्वायरमा १४ मिटर अग्लो स्मृति मञ्च निर्माण गरिएको छ, जसमा सन् १९४५ र २०२५ को प्रतीक स्वरूप १४ वटा दीपस्तम्भ राखिएका छन् ।

दीपस्तम्भमाथि शान्तिको प्रतीक १४ परेवा उडाइएको छ । जसले १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले आफ्नै रगत–मासुबाट बनाएको रुपक ‘महान भित्ताकोट’लाई जनाउँछ । समारोहमा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्ने र सैनिक निरिक्षण गर्ने कार्यक्रम समेत रहेको छ ।

चीन फासिवादी आक्रमणविरुद्ध लड्ने पहिलो राष्ट्र थियो र सबैभन्दा लामो समयसम्म प्रतिरोधमा टिक्यो । १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले ३ करोड ५० लाखभन्दा बढी जनधन गुमाए । अपार राष्ट्रिय बलिदानमार्फत चीनले विश्व फासिवाद विरोधी युद्धको पूर्वी मोर्चामा निर्णायक भूमिका खेलेको थियो ।

जापानले सन् १९४५ सेप्टेम्बर २ मा आत्मसमर्पणपत्रमा हस्ताक्षर गर्दै चीनसहित सहयोगी राष्ट्रहरूसमक्ष हार स्वीकार गरेको थियो । चीनले भोलिपल्ट, सेप्टेम्बर ३ मा विजय दिवस मनाएको थियो। सन् २०१४ मा चीनले सेप्टेम्बर ३ लाई आधिकारिक रूपमा प्रतिरोध युद्धको विजय दिवस घोषणा गर्ने कानून बनाएको छ ।
सीसीटीभी

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ८ : ३२ बजे