सुर्खेत । कालीकोटमा पहिरो गएपछि मंगलबार साँझदेखि कर्णाली राजमार्गको यातायात अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार शुभकालिका गाउँपालिका–१, गगनेखोला क्षेत्रमा पहिरो गएपछि साँझ ६ बजेदेखि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।
प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सडक अवरुद्ध भएपछि सवारीसाधनहरू सडकमै रोकिएको जानकारी दिए।
प्रतिक्रिया