काठमाडौं । सन्राइज होल्डिङस् लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित दरका २४ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । जसको कुल रकम २४ करोड बराबर हुनेछ ।
यस सम्बन्धमा कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सन्राइज होल्डिङस् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास सिलवालले हस्ताक्षर गरेका छन् ।
सन्राइज होल्डिङस् लिमिटेड २०७१ सालमा स्थापित एक लगानी कम्पनी हो । कम्पनीको लगानी मुख्यतया जलविद्युत्, यातायात, पर्यटन र कृषि क्षेत्रमा केन्द्रित छ । कम्पनीले आगामी दिनमा उच्च प्रतिफल दिने सम्भावना भएका क्षेत्रमा लगानी विस्तार गर्ने योजनाअन्तर्गत सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको जनाएको छ ।
यस आईपीओमार्फत सर्वसाधारण लगानीकर्ताले कम्पनीमा लगानी गर्ने अवसर पाउनेछन् भने कम्पनीले समेत दीर्घकालीन पुँजी जुटाएर आफ्ना परियोजना र व्यवसाय विस्तार गर्न सक्नेछ ।
प्रतिक्रिया