Logo

समाचार

सङ्घीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित



काठमाडौं । सङ्घीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको  बैठकले सङ्घीय निजामती विधेयक पारित गरेको हो ।

निजामती विधेयकलाई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पारित गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्ताव राखेकी थिइन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकलाई प्रतिवेदनसहित निर्णयार्थ प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभाको बैठकले विधेयकमा कुलिङ अफ पिरियडको त्रुटिलाई समेत सच्याएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ३१ बजे