Logo

मनोरञ्जन

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक, दर्शकमाझ उत्साह



काठमाडौं । नेपालकी उदाउदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ’  सोमबार सार्वजनिक भएको छ ।

गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गितमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ भने भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन । उक्त कोशेलीमा चर्चित मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट प्रदर्शन गरेका छन ।

रियाको कोशेली आशा लाग्दो म्युजिक भिडियो बनेको निर्देशक प्रकाश भट्ट र गायक बिश्वास नेपालले बताए । निर्देशक भट्टले भिडियो अत्यन्तै उत्कृष्ट बनेकाले एकपटक हेरेर प्रतिक्रीया दिनको लागि आग्रह गरेका छन् । गित सार्वजनिक गरेसँगै उनी निकै उत्साहित भएको बताएकी छन् ।

रिया खत्रीको आधिकारिक युट्युब च्यानलले ६ महिनामै २३ हजार भन्दा बढी सब्सक्राइबर हासिल गरिसकेको छ भने उनका विभिन्न लाईभ दोहोरी अन्य म्युजिक भिडियोलाई लाखाँै दर्शकले हेरेर मन पराइसकेका छन् । आफ्नो मेहनतलाई मन पराई आफ्नो प्रस्तुती मन पराएकोमा दर्शक–स्रोताप्रति आभार प्रकट गर्दै उनले कलाकारितामै आफ्नो भविष्य जोडिएको बताएकी छन् । रियाले आफ्नो कोशेली एकपटक हेरेर माया गरिदिनको लागि भगवानरुपी दर्शकलाई अनुरोध गरेकी छन ।

हालसम्म उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएकी छिन् । नेपालका विभिन्न जिल्लाका महोत्सव तथा सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै उनले मलेसिया, सिङ्गापुर, भारतलगायत मुलुकमा समेत पुगेर आफ्नो प्रस्तुति दिईसकेकी छिन् ।

सल्यान जिल्ला बागचौर नगरपालिका घर भएकी रियाले प्लस टु उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौं आएकी थिइन् । २१ वर्षकै उमेरमा उल्लेखनीय सफलता हासिल गरेकी उनले कलाकारितालाई नै जीवनको प्रमुख पहिचान बनाएर अघि बढ्ने संकल्प व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १ : ०५ बजे