Logo

राजनीति

बेइजिङ पुगे प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् ।

चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै उनी रेलमार्गबाट बेइजिङ पुगेका हुन् ।

चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्नेछन् ।

उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ११ : ५० बजे