काठमाडौं । चीनको टियानजिनमा सम्पन्न सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका, पाकिस्तान र चीनलाई अलग–अलग सन्देश दिएका छन् ।
मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एउटै कारमा यात्रा र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हार्दिकता प्रदर्शन गर्दै भारत अमेरिकी अनुमोदनमा मात्र निर्भर छैन भन्ने संकेत दिए ।
पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफको उपस्थितिमा मोदीले आतंकवादविरुद्ध संयुक्त लडाइँको आह्वान गर्दै पहलगाम आक्रमणको निन्दा गराए, जसलाई भारतले कूटनीतिक सफलता मानेको छ ।
चीनतर्फ, मोदीले सार्वभौमिकता उल्लंघन गर्ने परियोजनाप्रति चेतावनी दिँदै चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी)लाई अस्वीकार गर्ने सन्देश दिए र चाबाहार बन्दरगाह तथा उत्तर–दक्षिण यातायात कोरिडोरलाई वैकल्पिक विकल्पका रूपमा अघि सारे ।
प्रतिक्रिया