Logo

मुख्य समाचार

कोशीका भौतिकमन्त्री राई कुवेत जाने, खर्च आयोजकले व्यहोर्ने



विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई कुवेत जान लागेका छन् ।

जनसम्पर्क समिति कुवेतको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार मन्त्री राईको सम्पूर्ण भ्रमण खर्च आयोजकले नै व्यहोर्नेछन् ।

यसैबीच, मन्त्रिपरिषद्ले कोशी प्रदेशमा नयाँ जिम्मेवारीसमेत तोकेको छ । हालै सरुवा भएर आएका डा.यदुचन्द्र घिमिरेलाई स्वास्थ्य मन्त्रालयको प्रदेश सचिवका रूपमा खटाउने निर्णय गरिएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : ०६ बजे