काठमाडौं । लगातार वर्षापछि डडेलधुरास्थित महाकाली नदीमा सोमबार दिउँसो बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पारिगाउँ क्षेत्रमा नदीको बहाव बढेको छ।
विभागले नदी किनार र आसपासका डुबान हुने स्थानका स्थानीयवासीलाई भोलि बिहानसम्म सतर्क रहन आग्रह गरेको छ। विभागको सूचनामा भनिएको छ, “भदौ १६ गते दिउँसो ४ः१० बजे महाकाली नदी पारिगाउँमा बाढी बढिरहेको छ, भोलि बिहानसम्म नदी किनार र आसपासका डुबान हुने स्थानमा सतर्कता अपनाउनुपर्नेछ।”
प्रतिक्रिया