काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतले भदौ १९ गतेका लागि मुद्दा पेसी तोकेको छ।
मोरङका कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठले सामाजिक सञ्जालमार्फत गरेको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै भदौ ६ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत हालको न्यायालयको अवस्थामाथि प्रश्न उठाउँदै भनसुन वा घुसबिनाको आधारमा न्याय पाउन नसकिने टिप्पणी गरेका थिए।
प्रतिक्रिया