Logo

अर्थ

१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट



काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको छ ।

यसअघि आइतबार नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको थियो । नेप्से बढी पनि आज शेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ ।

यसअघि आइतबार ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर कारोबार भएको बजारमा आज सोमबार भने कुल ३२६ स्टकको ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले बढेको छ । फ्लोट इन्डेक्स १.१८ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.४८ अंक बढेको छ ।

यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले बढेर प्रतिकित्ता २६७.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । स्ट्यान्र्डड चाटर्ड बैंकको शेयर मूल्य ४.०८ प्रतिशतले बढेर प्रतिकित्ता ६५९.९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिद्धार्थ बैंक लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.२८ प्रतिशतले बढेर ३८८.७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७.६८ प्रतिशतले घटेर २२१२.०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । विकास हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४.८८ प्रतिशतले घटेर ५१५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी पियोर इनर्जी लिमिटेडको शेयर मूल्य ४.७१ प्रतिशतले घटेर प्रतिकित्ता ८६५.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन नेपाल रिइन्स्यारेन्स, एभरेष्ट बैंक लिमिटेड, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्टक्चर र कुमारी बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : ४८ बजे