काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ का लागि उम्मेदवार घोषणा गरिएका डा. लेखजंग थापासहित आयोजना गर्न लागेको पत्रकार सम्मेलन स्थगित गरेको छ।
आज दिउँसो २ बजेका लागि तय भएको पत्रकार सम्मेलन स्थगित गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। थापा बहुविवाह विवादमा तानिएपछि कार्यक्रम स्थगित गरिएको हो।
रास्वपाले आइतबारको सचिवालय बैठकबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, उम्मेदवार घोषणा पश्चात् थापाको दुई विवाह गरेको विषय सार्वजनिक भएको छ। साथै, पार्टीभित्रको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो गरेको आरोपसमेत थापामाथि लागेको छ।
प्रतिक्रिया