Logo

मनोरञ्जन

सविनकाे ‘मनका कुरा’ बोलको गीत बजारमा



काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सविनले ‘मनका कुरा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस खाएको प्रेमीको कथा छ । माया पाउन संघर्ष गर्दागर्दै थाकेको प्रेमीको कथालाई गीतले समेटेको छ ।

एक्लिएको जिन्दगीमा मनको बह पोख्ने मानिस पनि नहुँदा उदासिएको प्रेमीको कथा भन्ने गीतले आफ्नो आँखैअगाडि उजाडिएको प्रेमको कुरा छ । प्रेम र धोकाको वरिपरि गीत घुमेको छ । सविन प्रायः बिछोडिएको प्रेमको वरिपरि रहेका गीत लेख्ने र गाउँने गर्छन् ।

गीतमा मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलिले गरेका छन् । गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा सुजन जिम्बा र दिप्शा कार्कीको अभिनय छ ।

संकल्प भुजेलले खिचेको भिडियो सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । भिडियो निर्देशन दिमेश श्रेष्ठले गरेका छन् । भिडियो कन्सेप्ट पनि निर्देशक स्वयंको रहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ९ : ४९ बजे