काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।
आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट लेखजंग थापालाइ उम्मेदवार बनाउने निर्णय गरेको कार्यबाहक सभापति डीपी अर्यालले जानकारी दिएका हुन् ।
कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गरिएको हो। रास्वपाले ७ साउन २१ गतेसम्म रुपन्देही ३ को उम्मेदवारका लागि आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएका थिए ।
कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । रास्वपाले उम्मेदवारको आकांक्षीका लागि २५ हजार शुल्क निर्धारण गरेको थियो।
प्रतिक्रिया