Logo

मुख्य समाचार

विकासमा वन मन्त्रालय बाधक बनेको धारणा : सांसद महतो



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रकुमार महतोले विकासमा वन तथा वातावरण मन्त्रालय बाधक बनेको धारणा व्यक्त गरेका छन्।

प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकमा उनले जलविद्युत् आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन परिमार्जनमा देखिएका समस्या औंल्याउँदै मन्त्रालयमाथि आक्रोश बढ्दो अवस्थामा रहेको बताए।

महतोका अनुसार आम जनमानसमा “वन मन्त्रालय रहेसम्म देशमा समृद्धि आउँदैन” भन्ने बुझाइ बनिसकेको छ। उनले यस्तो धारणा चिर्न मन्त्रालयले पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले हाल धेरै लगानी भइसकेका जलविद्युत् आयोजना मन्त्रालयका प्रक्रियाका कारण रोकिएको दाबी गरे। महतोले मन्त्रालयले सहजता देखाउन खोज्दा एनजीओ र आईएनजीओमार्फत मुद्दा हालिने, र त्यसपछि मन्त्रालयले काम ठप्प पार्ने प्रवृत्तिले आयोजना प्रभावित भएको आरोप लगाए।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : ३३ बजे