काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न रूपन्देही–३ का आकांक्षीहरू नक्खु कारागार पुगेका छन्। कारागार प्रशासनले एक पटकमा दुई जनाले मात्र भेट्न पाउने व्यवस्था गरेपछि उनीहरूले पालैपालो भेट गरेका छन्।
लामिछानेलाई भेट्न पार्टीका नौ आकांक्षी ललितपुरस्थित नक्खु कारागार पुगेका हुन्। आउँदो कात्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनका लागि रास्वपाबाट नौ जनाले आकांक्षा देखाएका छन्। पार्टीले तीमध्ये एक जनालाई आजै आधिकारिक उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि कारागारमा रहेका छन्। उम्मेदवारका आकांक्षीमा कुसुम महर्जन, मधु अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन्।
प्रतिक्रिया