काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रूपन्देही–३ उपनिर्वाचनका आकांक्षी नौ जना उम्मेदवार आइतबार पार्टी सभापति रवि लामिछानेलाई भेट्न ललितपुरको नक्खु कारागार पुगेका छन्।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाबाट नौ जना आकांक्षी रहेका छन्। तीमध्ये एक जनालाई पार्टीले आजै आधिकारिक उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ।
रास्वपा सभापति लामिछाने रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि हाल नक्खु कारागारमा रहेका छन्।
प्रतिक्रिया