Logo

समाचार

आशिका तामाङलाई पाँच दिनको कैद, थप जेल बस्न नपर्ने



भक्तपुर — भक्तपुर जिल्ला अदालतले आशिका तामाङ र शरण तिरुवालाई आपराधिक उपद्रव मुद्दामा पाँच दिन कैद र पाँच सय रुपैयाँ जरिवाना सजाय सुनाएको छ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले बिहीबार सजाय सुनाएको हो। भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार आशिका तामाङ पहिले नै पाँच दिन थुनामा बसेकाले थप जेल बस्नुपर्ने छैन।

तामाङले भक्तपुरको साँगास्थित झोलुंगे पुलमा रकम उठाइएको भन्दै त्यहाँ टाँसिएको सूचना च्यातेकी थिइन्। सोही घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो।

अदालतले उक्त मुद्दामा फैसला गर्दै तामाङ र तिरुवालाई पाँच दिन कैद र पाँच सय रुपैयाँ जरिवाना तोकेको सूचना अधिकारी हिरा भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ७ : ३८ बजे