काठमाडौं । भक्तपुर जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा आशिका तामाङ र शरण तिरुवालाई पाँच–पाँच दिन कैद सजाय सुनाएको छ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले बिहीबार झोलुंगे पुलमा राखिएको सूचना च्यातेको घटनामा संलग्न रहेको ठहर गर्दै सजाय सुनाएको हो।
अदालतका सूचना अधिकारी हिरा भण्डारीका अनुसार कैद सजायसँगै उनीहरूलाई पाँच सय रुपैयाँ जरिवाना पनि तोकिएको छ।
प्रतिक्रिया