मुगु । बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ बर्षीया सुत्केरी सुनिता बुढाको उपचारको क्रममा जिल्ला अस्पातलमा मृत्यु भएको छ ।
बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन । घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछी उनलाई उपचारका लागी घरबाट एक घण्टा टाढा रहेको सीप प्रसुती केन्द्रमा लगिएको थियो ।
अत्याधिक रक्तस्राप हुन थालेपछि थप उपचारका लागि प्रशुती केन्द्रले जिल्ला अस्पातल लैजान सल्लाह दिएपछि घर परिवाले राति १० बजे जिल्ला अस्पतालमा पुर्याएपनि उपचारका क्रममा विहीबार ३ बजेतिर मृत्यु भएको परिवारले पुष्टि गरेको छ ।
राति १० बजे अस्पतालमा पुगेका बुढालाई डाक्टरहरुले चेकजाँच गर्दा अत्याधिक रक्तस्रापका कारण शरीरमा जम्मा दुई प्वाईन्ट रगत मात्र देखिएको उपचारमा संलग्न डाक्टर नहकुल शाहीले जानकारी दिएका हुन ।
बुढालाई तत्काल रगत चढाउनुपर्ने थियो तर जिल्ला अस्पातलमा बल्ड बैंक छैन । ब्लड बैंकको ब्यवस्था नहुँदा उपचारमा संलग्न डाक्टरहरुले आफनो फेसबुक मार्फत आवश्यक रगत दानका लागि सूचना जारी गरेपछि सदरमुकाम गमगढीका युवाहरुले पाँच वाईन्ट रगत दान गरेका थिए ।
एक बर्ष अगडि मृतक बुढा घरमै गर्भपतन गराएर अत्याधिक रक्तस्रापपछि जिल्ला अस्पातलमा उपचारका लागि आएकी थिइन । त्यसबेला पनि उपचारमा संलग्न डाक्टरहरुले उनको शरीरमा आवश्यक रगत चढाई उपचार गरेका थिए ।
उपचार गरेर घर फर्किनलाग्दा बुढालाई त्यसबेला जिल्ला अस्पतालका डाक्टरहरुले सल्लाह बिना औषधी सेवन नगर्न, नियमित चेकजाँच गर्न एवम अस्पतालमै सुत्केरी गर्न सल्लाह दिएका थिए ।
सोरु गाउँपालिकामा सबै ठाउँमा प्रसूती केन्द्र छन् । तर घरमै सुत्केरी गराउने र अन्तिममा समस्या देखिएपछि स्वास्थ्य संस्थामा पुग्ने गरेका धेरै घटना छन् । जिल्ला अस्पातलमा प्राय यस्ता घट्ना सोरु गाउँपालिकाबाट धेरै आउने गरेको डाक्टर नहकुल शाहीले बताए ।
उपचारमा संलग्न डाक्टरहरुका अनुसार अस्पातलमा पुग्दासम्म सालनाल नझरेर अत्याधिक रक्तस्राव का कारण मृतक बुढा बेहोस थिइन् । आवश्यक रगतको ब्यवस्था गरेर शरीरमा रगत चढाइसकेपछि विहीबार बिहान होसमा आएको र थप उपचारका लागि सुबिधा सम्पन्न अस्पताल लैजान प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले हेली कप्टरको व्यवस्थापनका लागि गृह मन्त्रालयसंग समन्वय गरिरहेकै बेला उनको ज्यान गएको जिल्ला अस्पातलका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।
डाक्टर नरकोटीका अनुसार बुधबार बिहान ११ बजे सुत्केरी भई सालनाल नझरेपछी उपचारका लागि घरपरिवारले राति १० बजे ल्याएका थिए । तर उनीबाट जन्मेको शिशुको अवस्था भने सामन्य रहेको र चिकित्सकहरुको निगरानीमा राखिएको छ ।


प्रतिक्रिया