काठमाडौं । नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो।
नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको थियो ।
जितका लागि १ बलमा ४ रन चाहिएको अवस्थामा अन्तिम बलमा र अस्ट्रेलियाका ब्राउनले चौका प्रहार गर्दै जित दिलाए ।
साउथ अस्ट्रेलियाको लागि विन्टरले ३६ रन र हार्बीले २७ रन बनाए। नेपालका लागि सोम्पाल कामीले ३ विकेट र नन्दन यादवले २ र रोहित पौडेलले १ विकेट लिए।
नेपालले शनिबार साउथ अस्ट्रेलियासँगै एकदिवसीय अभ्यास खेल खेल्नेछ।
प्रतिक्रिया