Logo

समाचार

बैतडीमा जीप दुर्घटना, १२ घाइते



बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ मा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बुधबार दिउँसो २ बजे गोठालापानीबाट खोड्पेतर्फ जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप इश्वरीगंगा जाने बाटोमा सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीपमा चालकसहित १३ जना सवार थिए ।

घाइतेमध्ये दशरथचन्द–६ का अर्जुन महर, पाटन–९ का दिनेश पार्की र कविराज भट्टको अवस्था गम्भीर छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सबै घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते हुनेमा दशरथचन्द नगरपालिका–४ का धीरेन्द्र खत्री, लक्ष्मण नाथ, दशरथचन्द–६ का भूपेश जोशी, दशरथचन्द–११ का हरिना जोशी, पुर्चौडी–४ की हीरा भट्ट, जनक भट्ट, पुर्चौडी–५ का रिकेश पार्की, पाटन–३ का डम्मरदत्त भट्टलगायत छन् ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र चालक रोशन भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ८ : २८ बजे