Logo

कर्पोरेट

कृषि विकास बैंकमा नयाँ अध्यक्ष नियुक्त



काठमाडौँ। नेपाल सरकारको निर्णयअनुसार कृषि विकास बैंक लिमिटेडका अध्यक्ष रामशरण पुडासैनीको राजीनामा स्वीकृत भई डिम प्रसाद पौडेललाई सञ्चालक समितिको नयाँ अध्यक्ष नियुक्त गरिएको छ।

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ र बैंकको आन्तरिक नियमअनुसार पौडेललाई सञ्चालक सदस्यमा नियुक्त गरी मिति २०८२/०५/११ मा आयोजित बैठकमा अध्यक्ष चयन गरिएको हो।

नयाँ नेतृत्वले बैंकको रणनीतिक योजना, कृषि ऋण प्रवाह र ग्रामीण वित्तीय पहुँच विस्तारमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ३ : ०९ बजे