रौतहट — रौतहटमा सुटकेशभित्र मृत फेला परेकी रुवी साहको हत्या अभियुक्त लक्ष्मण पासवान जलेको अवस्थामा भेटिएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीका अनुसार पासवान रौतहटमै जलेको अवस्थामा भेटिएका हुन्। उनलाई थप उपचारका लागि वीरगन्ज लगिएको छ।
प्रहरीले पासवानले आफ्नै शरीरमा आगो लगाएको हुन सक्ने प्रारम्भिक आशंका जनाएको छ। तर यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
साहलाई पासवानले आफ्नै कोठामा बोलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया