Logo

खेलकुद

जुनियर तथा क्याडेट टेबलटेनिस आजदेखि



काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

प्रतियोगिताअन्र्गत जुनियर र क्याडेट पुरुष÷महिलामा ४ सिंगल्स खेल हुने आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् ।

शशि–कल्यण कल्याण कोषको प्रायोजनमा हुने तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । सबै प्रदेशबाट खेलाडीको सहभागिता रहने महासचिव सिंहले जानकारी गराए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १० : २४ बजे